काठमाडौं– कर्णाली प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ ल्याउँदैछ।
सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेस गर्नेछन्। नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सरकारले असार १ गते बजेट ल्याउनेछ।
अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको छ। बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
आयोजना बैंक स्थापना गरी सोही बैंकमा रहेका आयोजनाहरू मध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिने जनाइएको छ।
प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्त्वका आयोजना प्रस्ताव गर्दा विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा बहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति समेत लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।