फाइल तस्बिर।
काठमाडौं- मंगलबार कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ। सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढ् १० बजे बस्नेगरि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुनेछ।
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको एघारौं अधिवेशनको १७ औं बैठक मंगलबार बिहान ११ बजे बस्दैछ।
सोही बैठकका अजेण्डबारे छलफल गर्न सभामुखले कार्य व्यवस्था परामर्श समितिको कैठक बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।