काठमाडौं- 'यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९' विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसद्बाट सर्वसम्मतिले पारित भएको छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुखले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
सभामुखले विधेयक निर्णयार्थ पेस गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले विपक्षमा आवाज नउठाएपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा भएको हो। विधेयकमाथिको छलफलमा सांसदहरूले भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।