काठमाडौं– नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले एसिड आक्रमण विरुद्धको कानुन बनाएर कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पोखरेलले पोखरेलले यस्तो माग गरेका हुन्।
संसद्को मानव अधिकार समितिले तत्कालीन समयमा एसिड आक्रमणमा कानुन निर्माणदेखि क्षतिपूर्ति सम्मको कुरामा निर्देशन दिएको भन्दै पोखरेलले अहिले आएको कानुन स्वागतयोग्य भएको बताए। फौजदारी कसुर तथा फौजदारी कसुरमा सजाय निर्धारण कार्यविधीलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल प्रतिनिधि सभामा चलिरहेको छ।
उनले एसिड आक्रमण विरुद्धको कानुमा अझै छलफल र परिस्कृत गरेर पास गर्नुपर्ने बताए। उनले यो कानुनको आवश्यकता भएकाले पारित गर्नुपर्ने तर्क गदै एसिड आक्रमण गर्नेहरुलाई कडा भन्दा कडा सजाय गनुपर्ने बताए।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पहिलोपटक एसिड आक्रमणसम्बन्धी अध्यादेश ल्याएको थियो। एसिड आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकारले त्यससम्बन्धी अध्यादेश ल्याएको थियो।
सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता हुन नसकेपछि उक्त अध्यादेश निस्क्रिय भएको थियो। सरकारले अहिले प्रतिस्थापन विधेयक पेस गर्दै छलफल अघि बढाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।