काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेतृ तथा संसद रेणुका गुरुङले सरकारलाई बालत्कार तथा यौनजन्य हिंसा पीडित महिला तथा बालबालिकालाई वृत्ति विकास र भरणपोषणमा ध्यान दिन आग्रह गरेकि छन्।
सोमबार प्रतिनिधि सभामा भएको ‘यौन हिंसा सम्बन्धीका केहि ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथी विचार गरीयोस् भन्ने प्रस्ताव’ माथीको छलफलमा उक्त कुराको आग्रह गरेकी हुन्।
उनले भनिन्, ‘पीडित बालबालिका र महिलाको वृत्ति विकास, भरणपोषणमा राज्यको दायित्वलाई कानुनिरुपमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछु।’
त्यस्तै बलात्कार सम्बन्धीको उजुरीको हदम्याद हटाउनलाई सरकार संवेदनशील हुन उनले आग्रह गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।