काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बलत्कारको मुद्दाहरुमा अहिले रहेको हदम्याद विशेष अवस्थाहरु हेरेर हटाउनुपर्ने सुझाव दिएकी छन्।
यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएकी हुन्।
गम्भीर प्रकारको यो अपराधमा कडा सजाय हुने व्यवस्था बनाउनुपर्ने उनले बताइन्। उनले नैतिक शिक्षा दिने क्रम सुरु गर्नुपर्ने देखिएको बताइन्।
सांसद पौडेलले बालिग महिलाको हकमा दायरा राख्न सकिने, तर घटना हेरेर राखिनुपर्ने उनले बताइन्। यौन हिंसाको घटना झन् झन् बढ्दै गएको उनले बताइन्।
सरकारले पीडकसँग क्षतिपूर्ति लिन सक्ने, तर पीडितले पाउने व्यवस्था गनुपर्ने पौडेलको भनाइ छ। बलत्कारको मुद्दामा हदम्याद पूर्ण रुपमा हटाउने भन्दापनि केही विशेष अवस्थामा हदम्याद आकर्षित नहुने बनाउनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।