काठमाडौं- नेपाली कांग्रेसका सासद प्रकाश रसाइली स्नेहीले कानुन निर्माण गर्दा निर्दोष फस्न नदिन पर्याप्त छलफल हुनुपर्ने बताएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा यौन हिंसा सम्बन्धी अध्यादेशमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
केही दिन अघि पल शाह, सुस्मिता लगायत एकपछि अर्को यौन हिंसाको प्रकरण बाहिर आएको भन्दै उत्तेजना र आवेशमा कानुन संशोधन गर्ने भन्दा पर्याप्त छलफल गर्नुपर्ने उनको भनाइ छ।
‘बयान फेर्नेहरुका लागि कसरी हेर्ने यसलाई पनि छलफल गर्नुपर्छ। भोलि कानुन बनाउँदा कोही पनि पीडित हुनु हुँदैन ’ उनले भने ‘बलात्कारको मुद्दामा सवै संवेदनशील हुनैपर्छ। तर बयान फेरेकै आधारमा कोही निर्दोष फस्न हुँदैन।’
उनले एक वर्षको म्याद खुला गर्दै गर्दा आउने विकृतीहरु पनि हेरिनुपर्ने र महिला, पुरुष र सबैलाई समान रुपमा हेरिनुपर्ने बताए। उनले जेल बसेर निर्दोष ठहर भएमा क्षतिपूर्ति पाउने कानुनी व्यवस्था गरिनुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।