काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्ने अनुशासन आयोगको निर्णयलाई एमाले नेता भीम रावलले 'उल्टो बाटो'को संज्ञा दिएका छन्। यसले झन् पराजय गराउने रावलको टिप्पणी छ।
उनले कमजोरीको संस्थागत रुपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने बताएका छन्।
'कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ। यसो नगरी उल्टो बाटो हिँड्दा झन पराजय हुनसक्छ,' रावलले सामाजिक सञ्जालमा लेखेका छन्।
देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाइ राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता रहेको रावलको भनाइ छ। त्यसका लागि आगामी चुनाव जित्नुपर्ने उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।