काठमाडौं– सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि राष्ट्रिय अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। केन्द्रीय सचिवालयको २६औँ बैठकले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
स्थानीय तहको निर्वाचनमा विजयी मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख र वडाध्यक्षहरूका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी उपमहासचिव एवम् केन्द्रीय कार्यालयका सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए।
उक्त अभिमुखिकरण कार्यक्रम असार ४ र ५ गते हुने कार्यालयका सचिव तुलाधरले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।