काठमाडौं– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनको समीक्षा गर्नका लागि सातवटै प्रदेशमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।
केन्द्रीय सचिवालयको २६ औं बैठकले सातवटै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको हो। उनीहरुलाई पाँच दिनभित्रमा समीक्षा प्रतिवेदन तयार गरेर स्थायी कमिटीको बैठकमा पेस गर्न जिम्मेवारी तोकेको हो।
‘स्थानीय तहको निर्वाचनमा पार्टीको भूमिका र गठबन्धनको भूमिकाको सम्बन्धमा यथार्थपरक सूचनाहरू मातहत कमिटीबाट प्राप्त गरी तथ्यसंगत र यथार्थपरक विष्लेशण गरी समीक्षा प्रतिवेदन तयार गरी स्थायी कमिटीको बैठकमा पेश गर्ने र सो प्रयोजनका लागि सहजीकरण गर्न सचिवालयका नेताहरूलाई निम्नानुसारको जिम्मेवारी दिइएको छ,’ उपमहासचिव एवम् केन्द्रीय कार्यालय सचिव डा.गंगालालतुलाधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बैठकले प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।