काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा अर्का गैरसांसद मन्त्री बन्ने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस गरिएका शेरबहादुर कुँवर गैरसांसद हुन्।
यसअघि सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित उनको कार्यकाल गत फागुनमै सकिएको हो। राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाललगायत २० जनाको कार्यकाल फागुन २० मा सकिएको थियो।
उनीहरूको कार्यकाल सकिएपछि निर्वाचन आयोगले नयाँ सदस्यकोसमेत निर्वाचन गरिसकेको छ। एकीकृत समाजवादीबाटै मन्त्री बनेका गोबिन्द शर्मा (बन्दी) पनि गैरसांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।