• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
राजधानीमा फोहर नउठ्दा नदी बने प्रदूषित
64x64
रासस आइतबार, जेठ २२, २०७९  १५:१०
1140x725

काठमाडौं- राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ।

राजधानीमा विगत चार महिनादेखि फोहरको नियमित व्यवस्थापन हुन सकेको छैन। फोहर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित छ।

मानिस दैनिक फोहरको थुप्रो पार गरेर सङ्घीय राजधानी काठमाडौँमा यात्रा गर्न बाध्य छन्। राजधानीका जम्मा भएको फोहरमध्ये धेरैजसो काठमाडौं उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक जग्गामा थुपारिएको छ। 

यसरी थुपारिएको फोहर सिधै नदीमा मिसिने गरेको वातावरणका विषयमा अनुसन्धानमा लागेका गोदावरीका अशोक महर्जन बताउँछन्।

पछिल्लो समय राजधानीको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राखी स्थानीयवासीले लैजान नदिएपछि राजधानी दुर्गन्धित बनेको हो।

सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहर थुप्रिएको छ। मास्क लगाएका मानिस पनि फोहरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ। 
 
सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थलमा फोहर गर्नेलाई कानूनी कारबाहीको दायरमा नल्याएसम्म फोहरको समस्या समाधान हुँदैन। पछिल्लो समय अभियानकर्मीले फोहर फाल्नेलाई कानुनी कारवाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन्।

वाग्मती सफाइ महाअभियानको ४७३ औँ हप्तामा पनि नदी किनारमै फोहर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी रहेका छन्। फोहर नउठे पनि वाग्मती सफाइ महाअभियानले शनिबार ४७३औँ हप्ताको सफाइ कार्यक्रम जारी राख्यो। सफाइबाट चार मेट्रिक टन फोहर उठाइएको छ। 

उठाइएको फोहर लिन काठमाडौँ महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहर कार्यालयनजिकको खाली ठाउँमा राखिएको छ।  

Ncell 2
Ncell 2

कुहिने फोहर भने नदी किनारमै छोड्ने गरिएकाले  एकपटक जम्मा गरिएको फोहर व्यवस्थापन गर्न नपाउँदा फेरि नदीमै मिसिन थालेको छ।

फोहर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीकै भनाइ छ। तैपनि अभियानकर्मी शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ नदी सफाइमा सक्रिय हुँदै आएका छन्।
   
नदी किनारबाट फोहर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहेका सफाइ अभियानकर्मी डा माला खरेलले जानकारी दिइन्।

यसबीचमा केही समयमात्र फोहर उठेको छ। टिपेको फोहर व्यवस्थापन नहुँदा हिँड्दैछ पाइला मेट्दैछ भने झैँ नदी फेरि प्रदूषित हुनेक्रम चलिरहेको छ।

महाअभियानले सफाइका क्रममा जम्मा भएको नकुहिने फोहर व्यवस्थापन गरे पनि राजधानीवासीका घर घरमा जम्मा भएको फोहर नदी किनारमा थुपारिरहँदा नदीमा जति सफाइ गरे पनि फोहरमुक्त बनाउन नसकिने अवस्थामा पुगेको अभियानकर्मी खरेलको भनाइ छ।

शनिबार सिनामङ्गलको गुह्येश्वरी माध्यमिक विद्यालय परिसरअघिको नदी किनारमा गरिएको सफाइमा सयौँ अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले बताए।

सफाइका क्रममा नदी किनारमा उम्रिएको झाडी फँडानी गर्नाका साथै घरदैलो गरी चेतना जागरण पनि गरिएको उनको भनाइ छ। जतिपटक आम मानिसमा जागरण फैलाए पनि फोहरलाई राजधानीवासीले वर्गीकरण नगर्दा पनि व्यवस्थापनमा समस्या आउने गरेको छ।

कुहिने फोहरलाई घरमै जैविक मल बनाएर कौसीमा तरकारी खेती गर्न सकिने भए पनि धेरैको यसतर्फ ध्यान जान सकेको छैन।

नौ वर्षदेखिको सफाइ अभियानले सार्थक भएन 

नौ वर्षदेखि वाग्मतीलगायत राजधानीका नदी सफाइ अभियान जारी छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन।महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी पनि सफाइ अभियान पनि सुरु गरिएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।

राजधानीमा जति स्थानमा सफाइ भए पनि फोहर व्यवस्थापन नहुँदा अभियानबाट केही हुन नसकेजस्तो सन्देश गएको छ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ। गुह्येश्वरीमाथिको वाग्मतीलगायत यसका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ अभियान चलिरहेको जनाइएको छ। 

ललितपुरको गोदावरी र भक्तपुरको हनुमन्ते खोलामा पनि सफाइ अभियान जारी छ। अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको भने हुनुपर्नेजति सहयोग भएको छैन।

फोहर व्यवस्थापन गर्नु  स्थानीय सरकारकै दायित्व भएपनि यसमा रुचि देखाइएको छैन। देशको राजधानी काठमाडौँ उपत्यकामा चार महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन। सांस्कृतिक शहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ। यसले पर्यटन व्यवसाय धराशायी बन्ने चिन्ता बढाएको छ।
  
पछिल्लो समय पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहर व्यवस्थापनमा समस्या आएको गुनासो बढ्न थालेको छ। फोहर व्यवस्थापनमा स्थानीय सरकार मौन बसेका छन्। फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन्। काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन्।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन्। केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका थिए। 

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेनन्।

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ।महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह पछिल्लो समय फोहर व्यवस्थापनका समस्या समाधानका लागि लागेका छन्। 

फोहर समस्या समाधान गरेर देखाउने उनको प्रतिबद्धता छ। यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका थिए।

निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउँछन्। दललाई तिनका प्रतिबद्धता सम्झाउन सचेत नागरिकले दबाबमूलक अभियान जारी राख्नुपर्ने उनको भनाइ छ।

महानगर प्रमुख शाहले भने फोहर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको र पहिलो कार्यपलिकाको बैठकदेखिकै बहसले देखाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशु... सोमबार, जेठ ५, २०८२
रेशम चौधरीलाई थुन्न अनधिकृत पत्र लेखेका सर्वोच्चका अधिकृतलाई १ लाख रुपैयाँ जरिवाना सोमबार न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकृत विष्टसँग एक लाख रुपैयाँ धरौटी माग गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष... सोमबार, जेठ ५, २०८२
कोशीका सांसदहरू सवार गाडी दुर्घटना दुर्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, क... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्