काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीबाट पठाएका मन्त्रीहरुको बारेमा समीक्षा गर्ने भएको छ।
आइतबार बिहान बसेको सचिवालय बैठकमा सरकारमा आफ्नो पार्टीले पाएको मन्त्रालयमा मन्त्री हेरफेरको विषय उठेको छ तर, निर्णय भने भएको छैन।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धन सरकारमा पार्टीबाट मन्त्रीहरु पठाउँदा ६ महिनाका लागि भनेर पठाएको भन्दै उनीहरुको कामबारे समीक्षा हुने बताए।
‘अहिले पठाएका मन्त्रीहरूलाई पनि हामीले ६ महिना भनेर पठाएका थियौं। ६ महिनाभन्दा बढि भइसक्यो। उहाँहरूको कामको समीक्षा हुन्छ,’ उनले भने, ‘शीर्ष नेताहरूको बीचमा समझदारी भएपछि मात्रै निर्णय होला अहिले त्यो बारेमा कुनै निर्णय भएको छैन।’
उनले अहिले वाम गठबन्धन एकतालगायतका विषयमा चर्चा भए पनि तत्कालै गठबन्धन बन्ने सम्भावना भने नदेखिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।