काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीका हरेक सदस्यहरूबाट एकसय रुपैयाँ संकलन गर्ने भएको छ। पूर्व स्थायी कमिटीका सदस्यहरुको आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी कार्यालय भवन विस्तार तथा व्यवस्थापनको काम गर्न एकपटकका लागि भनेर माओवादीले रकम संकलन गर्ने निर्णय गरेकाे हाे।
पूर्व–स्थायी कमिटी सदस्य मातृका यादवले प्रत्येक सदस्यबाट एकसय रुपैयाँ उठाउने र अखिल क्रान्तिकारीको विवाद समाधानको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको जानकारी दिए।
नेकपा माओवादी केन्द्रका देशभर ८ लाख पार्टी सदस्य रहेका छन्। बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधानका विषयमा पनि छलफल भएको छ। त्यसको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।