काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल क्षेत्रको विकासका लागि दुई महत्वपूर्ण परियोजना सरकारले अघि सारेको बताएका छन्।
उनले पश्चिम सेती र महाकालीमा सुख्खा बन्दरगाह निर्माणको कार्य अघि सारेको बताए। सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू गम्भीर रहेको बताएका हुन्।
सुदूरपश्चिममा सुख्खा बन्दरगाह बनाउने सहमति भएको छ। यो सुख्खा बन्दरगाह बनाउन सके सिधै बम्बैसँग सम्बन्ध हुनेछ,’ उनले भने, ‘यसले यो क्षेत्रको तीव्र विकास पनि हुनसक्छ।’
उनले लगानीकर्तालाई सुरक्षा दिन सकेमा सुदूरपश्चिम प्रदेशको विकास छिट्टै हुने दावी गरे। पहिलोपटक आफू काठमाडौ आउँदा निकै विकट रहेको तर, अहिले मोटरबाटोसहित विकास भएकाले सहज भएको उनको भनाइ छ।
उनले अहिले पनि सुदूरपश्चिमका जनता गरिबीका कारण भारतको बम्बैलगायतका सहरमा जान बाध्य भएकाले यसलाई रोक्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।