काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ।
मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आइतबार बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले जानकारी दिए।
यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।
पछिल्लो समय बालेन्द्र शाहले विभिन्न दलका शीर्ष नेता तथा मन्त्रीसँग भेट गर्दै आएका छन्। काठमाडौं महानगरपालिकाको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।