काठमाडौं- सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको मृत्यु भएको छ। उपचारको क्रममा उनको मृत्यु भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरो प्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
पछाडिबाट मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।
श्रेष्ठ राप्रपाबाट वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । उनी राप्रपा खोटाङको झन्डै १५ वर्ष जिल्ला अध्यक्ष थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।