काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ।
बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ।
आगामी निर्वाचनमा कुन दलसँग गठबन्धन गर्ने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ। जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।