• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कैलाली जिसस निर्वाचन रोचक बन्दै, एमाले र नागरिक उन्मुक्तिसँग तालमेल गरेको माओवादी गठबन्धनमै फिर्ता

64x64
नेपाल लाइभ आइतबार, जेठ २२, २०७९  १०:१५
1140x725

धनगढी– जिल्ला समन्वय समिति (जिसस) कैलालीको निर्वाचन रोचक बन्दै गएको छ। दुई दिनअघि जिसस निर्वाचनका लागि एमाले  र नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गरेको माओवादी केन्द्र शनिबार पुन: गठबन्धनमा फर्किएपछि निर्वाचन रोचक बनेको हो। 

कैलाली जिसस निर्वाचन आगामी ३० गते हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ। १३ पालिका रहेको कैलालीमा जिसस निर्वाचनका लागि २६ जना मतदाता रहेका छन्। 

शनिबार कैलालीको मसुरियामा नेपाली नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेताहरूबीच भएको बैठकले कैलाली जिसस निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने सहमति भएको हो । 

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले भने, 'हामी तीन पार्टीबीच जिसस निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ।'

बैठकमा कांग्रेस जिल्ला सभापति भट्ट र जिल्ला सचिव केशवराज मिश्र, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि ज्ञवाली तथा जिल्ला अध्यक्ष लाजुराम चौधरी र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा प्रदेशमन्त्री दीर्घबहादुर सोडारी र उपाध्यक्ष विमल जोशीको उपस्थिति रहेको थियो।

सहमति अनुसार कांग्रेसले जिसस प्रमुख र एक सदस्य, माओवादी केन्द्रले उपप्रमुख र तीन सदस्य तथा एकीकृत समाजवादीले तीन सदस्य लिने भएका छन्। 

यसअघि गत बिहीबार (१९ गते) स्थानीय निर्वाचनमा कैलालीको सबैभन्दा ठूलो दल बनेको रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी,  नेकपा एमाले र माओवादीबीच जिससमा गठबन्धन गर्ने सहमति भएको थियो। 

तीन पार्टीका नेताहरूबीच नागरिक उन्मुक्ति पार्टीलाई जिसस प्रमुख र दुई सदस्य दिने सहमति भएको थियो। त्यस्तै, एमालेले उपप्रमुख र एक सदस्य तथा माओवादी केन्द्रले चार सदस्य लिने सहमति भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

जिसस निर्वाचनका लागि कैलालीमा कांग्रेसका आठ, नागरिक उन्मुक्तिका सात, एमालेका पाँच, माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका एक मतदाता रहेका छन् भने एक जना स्वतन्त्र रहेका छन्।

धनगढी उपमहानगरपालिका मेयरमा विजयी गोपाल हमालले अहिलेसम्म जिसस निर्वाचनमा तटस्थ बस्ने बताउँदै आएका छन्। जिससमा विजयी हुन १४ मत आवश्यक पर्छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा १३ जना पुग्छन् भने नागरिक उन्मुक्ति र एमाले मिलेर १२ जना हुन्छन्।

माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरूले दुई दिनअघि एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिसस निर्वाचनमा तालमेल गर्ने सहमति गरेपनि केन्द्रबाट निर्देशन आएकाले पछाडि फर्किनुपरेको बताइन्छ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष लाजुरामले भने,  'दुई दिनअघिसम्म केन्द्रको कुनै निर्देशन आएको थिएन। हामीले जिल्लास्तरमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने क्रममा नागरिक उन्मुक्ति र एमालेसँग तालमेल गर्ने निर्णय गरेका थियौं। तर, अहिले केन्द्रबाट ‘गठबन्धनलाई निरन्तरता दिनु भन्ने सर्कुलर’ आयो।'

१९ गते तीन दल (उन्मुक्ति, एमाले र माओवादी) बीचको बैठकमा सहभागी नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य दामोदर पण्डित भन्छन्, 'हामी अहिले माओवादी, कांग्रेस र समाजवादीबीच भएको सहमतिबाट तरंगित भएका छैनौं। एमाले र हाम्रो मिलाएर १२ जना छौं। निर्वाचनमा हामी विजयी हुनेमा ढुक्क छौं।

जिसस प्रमुखका लागि कांग्रेस जिल्ला कार्यसमितिले पदमबहादुर कलेल र केशव पन्तको नाम सिफारिस गरेको बताइएको छ।नागरिक उन्मुक्ति–एमाले गठबन्धनले प्रमुखमा उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिका–६ का निर्वाचित वडाध्यक्ष इन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्षसँग २२ लाख धरौटी माग  वुझाउन नसकेपछि
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्षसँग २२ लाख धरौटी माग  वुझाउन नसकेपछि शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्