• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कैलाली जिसस निर्वाचन रोचक बन्दै, एमाले र नागरिक उन्मुक्तिसँग तालमेल गरेको माओवादी गठबन्धनमै फिर्ता

64x64
नेपाल लाइभ आइतबार, जेठ २२, २०७९  १०:१५
1140x725

धनगढी– जिल्ला समन्वय समिति (जिसस) कैलालीको निर्वाचन रोचक बन्दै गएको छ। दुई दिनअघि जिसस निर्वाचनका लागि एमाले  र नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गरेको माओवादी केन्द्र शनिबार पुन: गठबन्धनमा फर्किएपछि निर्वाचन रोचक बनेको हो। 

कैलाली जिसस निर्वाचन आगामी ३० गते हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ। १३ पालिका रहेको कैलालीमा जिसस निर्वाचनका लागि २६ जना मतदाता रहेका छन्। 

शनिबार कैलालीको मसुरियामा नेपाली नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेताहरूबीच भएको बैठकले कैलाली जिसस निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने सहमति भएको हो । 

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले भने, 'हामी तीन पार्टीबीच जिसस निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ।'

बैठकमा कांग्रेस जिल्ला सभापति भट्ट र जिल्ला सचिव केशवराज मिश्र, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि ज्ञवाली तथा जिल्ला अध्यक्ष लाजुराम चौधरी र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा प्रदेशमन्त्री दीर्घबहादुर सोडारी र उपाध्यक्ष विमल जोशीको उपस्थिति रहेको थियो।

सहमति अनुसार कांग्रेसले जिसस प्रमुख र एक सदस्य, माओवादी केन्द्रले उपप्रमुख र तीन सदस्य तथा एकीकृत समाजवादीले तीन सदस्य लिने भएका छन्। 

यसअघि गत बिहीबार (१९ गते) स्थानीय निर्वाचनमा कैलालीको सबैभन्दा ठूलो दल बनेको रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी,  नेकपा एमाले र माओवादीबीच जिससमा गठबन्धन गर्ने सहमति भएको थियो। 

तीन पार्टीका नेताहरूबीच नागरिक उन्मुक्ति पार्टीलाई जिसस प्रमुख र दुई सदस्य दिने सहमति भएको थियो। त्यस्तै, एमालेले उपप्रमुख र एक सदस्य तथा माओवादी केन्द्रले चार सदस्य लिने सहमति भएको थियो।

Ncell 2
Ncell 2

जिसस निर्वाचनका लागि कैलालीमा कांग्रेसका आठ, नागरिक उन्मुक्तिका सात, एमालेका पाँच, माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका एक मतदाता रहेका छन् भने एक जना स्वतन्त्र रहेका छन्।

धनगढी उपमहानगरपालिका मेयरमा विजयी गोपाल हमालले अहिलेसम्म जिसस निर्वाचनमा तटस्थ बस्ने बताउँदै आएका छन्। जिससमा विजयी हुन १४ मत आवश्यक पर्छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा १३ जना पुग्छन् भने नागरिक उन्मुक्ति र एमाले मिलेर १२ जना हुन्छन्।

माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरूले दुई दिनअघि एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिसस निर्वाचनमा तालमेल गर्ने सहमति गरेपनि केन्द्रबाट निर्देशन आएकाले पछाडि फर्किनुपरेको बताइन्छ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष लाजुरामले भने,  'दुई दिनअघिसम्म केन्द्रको कुनै निर्देशन आएको थिएन। हामीले जिल्लास्तरमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने क्रममा नागरिक उन्मुक्ति र एमालेसँग तालमेल गर्ने निर्णय गरेका थियौं। तर, अहिले केन्द्रबाट ‘गठबन्धनलाई निरन्तरता दिनु भन्ने सर्कुलर’ आयो।'

१९ गते तीन दल (उन्मुक्ति, एमाले र माओवादी) बीचको बैठकमा सहभागी नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य दामोदर पण्डित भन्छन्, 'हामी अहिले माओवादी, कांग्रेस र समाजवादीबीच भएको सहमतिबाट तरंगित भएका छैनौं। एमाले र हाम्रो मिलाएर १२ जना छौं। निर्वाचनमा हामी विजयी हुनेमा ढुक्क छौं।

जिसस प्रमुखका लागि कांग्रेस जिल्ला कार्यसमितिले पदमबहादुर कलेल र केशव पन्तको नाम सिफारिस गरेको बताइएको छ।नागरिक उन्मुक्ति–एमाले गठबन्धनले प्रमुखमा उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिका–६ का निर्वाचित वडाध्यक्ष इन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
एमाले बोलायो केन्द्रीय कमिटी बैठक
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
एमाले बोलायो केन्द्रीय कमिटी बैठक शुक्रबार, पुस २५, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो शुक्रबार, पुस २५, २०८२
पार्टी विभाजन हुने भय र भ्रम नराख्न शर्माको आग्रह शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्