काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवाका लागि छुटेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पताल पुर्याएर उपचारको व्यवस्था गर्न उनले निर्देशन दिएका हुन्।
त्यस्तै, उनले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डा.शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरे।
रुपन्देहीका एसपी रेग्मीका अनुसार बिहान चार बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका–३ को भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ८ पुरुष छन्। अन्य सबै यात्रु घाइते भएका छ्न्।
घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक र ९ जनाको मध्यम रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।