धनगढी– सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज आइतबार आउने भएको छ।
आइतबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यस वर्ष समेत ढिला गरि प्रस्तुत हुन लागेको हो। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पनि राजनीतिक उतार चढावका कारण ढिला गरि सभामा पेस भएको थियो।
जेठ १६ गतेदेखि सुरु भएको प्रदेश सभाको दशौं अधिवेशनको प्रथम बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले विनियोजन विधेयक २०७९ का सिद्धान्त तथा प्राथमिकतालाई छलफलका लागि पेस गरेका थिए।
सो विधेयकमाथि सभामा तीन दिनसम्म छलफल गरिएको थियो। प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।