काठमाडौं– नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी समिति सदस्यहरूको बैठक बस्दैछ। बैठक आइतबार बिहान साढे ८ बजे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बस्नेगरी बोलाइएको छ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णता दिनेलगायतका अजेन्डामा छलफल हुने बताएको छ। गत पुसमै ८औं महाधिवेशन सकेको माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी टुंग्याउन सकेको छैन।
माओवादीमा पदाधिकारीका आकांक्षी धेरै छन्। खासगरी महासचिवका लागि धेरै जनाले लबिइङ गरिरहेका छन्।
यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नबसेर आइतबार बिहान साढे ८ बजेका लागि लागि सरेको थियो।
स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो। यसअघि माओवादीले बुधबार र बिहीबार देशभरका आफ्ना जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।