काठमाडौं– मधेस प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। दिउँसो ४ बजे मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ। नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको छ।
यसैगरी, कृषि, सिँचाइ, स्वास्थ्य तथा पूर्वाधारको निर्माणलाई विशेष प्राथमिकतामा राखिएको प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकारी दिएको छ। सरकारले आन्तरिक र बाह्य लगानी भित्र्याउने योजनाहरू प्राथकिमताका साथ समावेश गरेको जनाएको छ।
प्रदेश सरकारले असार १ गते नै बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस प्रदेश सरकारले पनि असार १ गते आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।