रुकुमपूर्व–रुकुमपूर्वमा जिल्ला समन्वय समिति (जिसस) निर्विरोध निर्वाचित भएको छ। नौ सदस्यीय जिससमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो। शनिबार दाबी÷विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लामा जिसस निर्विरोध भएको हो।
रुकुमपूर्वमा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन्। श्रेष्ठ नेकपा (माओवादी केन्द्र) बाट छन् भने केसी एकीकृत समाजवादीका हुन्। प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरूमा महिला सदस्यमा सिस्ने–७ बाट बिन्दु रावल, भूमे–३ बाट विष्णु रोका, पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट प्रतिमा पुन, दलित तथा अल्पसङ्ख्यकमा पुथाउत्तरगङ्गा–८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा–३ बाट बलकर्म बुढा, भूमे–७ बाट महिमान रोका र सिस्ने–३ बाट लालजीत बुढा छन्। रुकुमपूर्वमा तीन पालिका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।