• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संवैधानिक आयोगहरुको गठनमा सरकार किन उदास?

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  ०३:५९
1140x725

नेपालको संविधानले १३ वटा आयोगको व्यवस्था गरेको छ। संवैधानिक आयोगका रूपमा पहिलो पटक नेपालको संविधानको धारा २६२ ले मधेसी आयोग, धारा २६३ ले थारु आयोग र धारा २६४ ले मुस्लिम आयोगको व्यवस्था गरेको छ। 

यसअघि स्थापना भएको मुस्लिम आयोगसहित मधेसी र थारु आयोगसमेत जन्मिदैं संवैधानिक बनेकोमा सम्बन्धित समुदाय खुसी थियो। मधेसी, थारु र मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वद्र्धन तथा ती समुदायको सशक्तीकरणका लागि छुट–छुट्टै आयोगहरुको स्थापनाले सम्बन्धित समुदाय उत्साहित हुनु सामान्य थियो। 

संविधानमा व्यवस्था भएको साढे दुई वर्ष र तीन वटै आयोगको ऐन प्रमाणीकरण भएकोे ९ महिना बितेको छ। तर अझै १३ मध्ये ८ आयोगको गठन हुन सकेको छैन्। ती आयोगमा अहिलेसम्म पदाधिकारी नियुक्त हुन सकेका छैनन्। मुस्लिम आयोग पदाधिकारीबिहीन भएको डेढ वर्ष बढी भएको छ। संवैधानिक परिषद्को बैठक बसेर आयोगको पदाधिकारी नियुक्ति गर्न सकेको छैन।

संघीय संसद्ले संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि आयोगहरुको पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । यसको सोझो अर्थ आयोगले गरेका काम कारबाही प्रभावकारी नभएमा विघटन गर्न सकिनेछ । आयोग गठनको संवैधानिक व्यवस्थालाई संविधानको व्यवस्था अनुरुप नै विघटन गर्न सकिने व्यवस्था पनि सँगसँगै राखिएको छ। आयोग गठन हुन सकिरहेको छैन, तर पुनरावलोकन गर्ने समय भने नजिकिँदो छ। 

गठन गर्नु अगावै आयोगको पुनरावलोकन वा तुहिने समय निर्धारणले आयोगले काम गर्न नपाएको स्पष्ट हुन्छ। र, गुज्रिरहेको समयले सो समुदायको सशक्तीकरणका लागि स्वतः काम गरिरहेको ठान्नु हास्यास्पद छ। समय बितिरहेको छ, सक्रियतापूर्वक काम गर्नुपर्ने आयोगहरु अझै गठन हुन सकेका छनैन्। तर, संविधान जारी भएको मितिले १० वर्षमा पुनरावलोकन गरिनेछ।

तसर्थ आर्थिक, सामाजिक, राजनीतिक रुपमा पछाडि परेका वर्ग, समुदायलाई समान रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको लाभ दिन संवैधानिक आयोग गठनमा किमार्थ ढिलाइ गर्न हुँदैन। निश्चित प्रक्रिया पूरा गरी सरकारले आयोग गठन गर्ने र आयोगले काम आरम्भ गर्ने वातावरण बनाउनुपर्छ। 

संविधान जारी भएपछि तत्कालीन सरकारले यी आयोगहरुको गठनमा चासो नदेखाउनु र वर्तमान सरकारले पनि प्राथमिकतामा नराख्नु दुर्भाग्यपूर्ण छ। संघीयता कार्यान्वयनमा आएको १ वर्ष बितिसक्दा पनि सरकारले त्यस्तो आयोगको आवश्यकता देखेको छैन। यति लामो समयसम्म ‘संवैधानिक आयोग’ गठन नहुनुले संविधान कार्यान्वयनको अवस्था कमजोर रहेको प्रस्ट हुन्छ।

आफ्नो अधिकार रक्षाका लागि संवैधानिक आयोग गठन हुने व्यवस्थाले उत्साहित मधेसी, थारु र मुस्लिम समुदाय लामो समयसम्म आयोग गठन नहुँदा निराश बनेका छन्। जनजाति, आदिवासी मधेसी, थरुहट आन्दोलन उचाइमा पुगेका बेला ती समुदायलाई आश्वासन दिन संविधानमा आयोगहरुको विषय उल्लेख गरे पनि अहिले त्यसै टार्ने काम भइरहेको आंशका उत्पन्न भएको छ। सरकार इमान्दार र संवेदनशील नभएको आरोप लाग्न थालेको छ। संवैधानिक आयोगहरु सरकारको ‘वाच डग’ भएकाले यस्को गठनमा सरकारले बेवास्ता गरिरहेको आरोप पुष्टि हुँदै गएको छ।

nimb
nimb

मुस्लिम आयोगपछि नयाँ संविधानले मधेसी र थारु आयोग समेत गठन गरी ती समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरेको छ। आदिवासी जनजातिबाट थारुलाई अलग गरेर तथा मधेसीबाट मुस्लिम, थारुलाई अलग गरेर कमजोर बनाउन खोजेको भन्दै कतिपयले रोष प्रकट गर्ने गरेका छन् भने कतिपयले अन्य वर्ग, समुदायको पनि थप आयोग गठन हुनुपर्ने भन्दै आएका छन्। अलग क्लस्टर गरेकोमा पहिचान मेटिने वा अलग भइने चिन्ताभन्दा बढी अलग क्लस्टर गरेर आदिबासी जनजाति, मधेसीको आन्दोलन कमजोर बनाउने षड्यन्त्रका रुपमा परिभाषित गर्न थालिएको छ।

आयोगले सरकारलाई वार्षिक प्रतिवेदन बुझाउने गरे पनि सुनुवाई शून्य बराबरको छ। राष्ट्रिय मानवअधिकार आयोगले हरेक वर्ष सरकारलाई बुझाउने वार्षिक प्रतिवेदनबारे कहिल्यै संसद्मा छलफल भएन।

आदिबासी, जनजाति, मधेसीको नाममा राज्यबाट प्रदान हुने सेवा, सुविधा र अधिकार ती समुदाभित्रका टाठाबाठा र पहुँच भएकाले मात्र पाउने गरेकाले थारु र मुस्लिम पछाडि परिरहने चिन्ता गर्दै थारु, मुस्लिम समुदायबाट छुट्टै क्लस्टरको व्यवस्थाको माग भएकाले नै यसो गरिएको हो। मधेसी, आदीवासी जनजाति, मुस्लिम र थारु समुदायले समावेशी आयोगको व्यवस्था भएको संविधानको मस्यौदामा विरोध गरेपछि नै संविधानमा आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, थारु आयोग गठन हुने प्रावधान थपिएको हो। प्राप्त सेवा सुविधाबाट थारु र मुस्लिम वञ्चित हुनु नपरोस् र सधैं पछाडि पर्ने अवस्थाको अन्त्य होस् भनेर माग गरेकाले नै छुट्टै क्लस्टरको व्यवस्था गरिएको हो। 

यसरी संविधानले छुट्टै क्लस्टर बनाएपछि राज्यको संयन्त्रमा प्रतिनिधित्व गराउँदा महिलाझैं थारु, मुस्लिमलाई पनि जनसंख्याको अनुपातमा समानुपातिक सिद्धान्तका आधारमा सहभागिता गराउनुपर्ने माग स्वाभाविक छ। जनसंख्यालाई आरक्षणको आधार मान्दा सबै जातीय, वर्गीय समुदायको हित हुने बुझाइले कुल जनसंख्याको प्रतिशतका आधारमा आरक्षणको व्यवस्थाको प्रस्ताव आउने गरेको हो।

ती सबै आयोगमा अध्यक्ष र अन्य चार जना सदस्य रहन्छन्। संविधानले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट ६ वर्षका लागि आयोगको अध्यक्ष र सदस्यहरुको नियुक्तिको व्यवस्था गरेको छ। आयोगका अध्यक्ष तथा सदस्यहरुको योग्यता, पद रिक्त हुने अवस्था, पारिश्रमिक र सेवाका शर्तहरु र आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था संघीय कानुन बमोजिम हुनेछ भनिएको छ। संविधानमा अन्य आयोगलाई राष्ट्रिय आयोग भनिएको छ। दलित, महिला आयोगका काम, कर्तव्य र अधिकार संविधानमै तोकिए पनि मधेसी, थारु, मुस्लिम लगायतका आयोगमा तोकिएको छैन। न त राष्ट्रिय आयोगको दर्जा नै दिइएको छ। संविधानमा प्रस्तावित १३ वटा आयोगमा थारु, मधेसी, मुस्लिम, आदिबासी जनजाति आयोगलाई राष्ट्रिय आयोग भनिएको छैन। बाँकी सबै आयोगलाई राष्ट्रिय आयोग भनिएको छ। 

संविधानको यस्तो व्यवस्थाले आयोगमा पनि विभेद गरिएको आरोप लाग्ने गरेको छ। महिला, समावेशी, दलित आयोगको नामको अगाडि राष्ट्रिय शब्द रहेजस्तै यी आयोगलाई पनि राष्ट्रिय आयोग बनाउनुपर्ने हुन्छ। आयोगमा रहने अध्यक्ष तथा सदस्यको नियुक्ति राजनीतिक भागवण्डाका आधारमा गर्नुभन्दा प्रतिस्पर्धात्मक रुपले योग्य व्यक्तिलाई ल्याउन सरकार प्रतिबद्ध भएमा मात्र आयोगको उद्देश्यअनुरुप काम हुन सक्छ। सोहीअनुरुप आयोगलाई कुनै मन्त्रालयको मातहत राख्नुभन्दा पनि त्यसलाई स्वायत्तता सहितको अधिकार सम्पन्न बनाउन आवश्यक छ। 

समुदायको हक, हितको संरक्षण र सम्बर्धन तथा सशक्तीकरणका लागि आयोगको व्यवस्था गरिएको उल्लेख रहे पनि आयोग गठन मात्रले समुदायको यथोचित हकहितको संरक्षण किमार्थ हुन सक्दैन। संविधानतः पहिले पनि आयोगको व्यवस्था थियो, अहिले पनि छ। आयोगमा परेका उजुरीहरु चाङ लागेर थन्किने गरेका छन्। आयोगले सरकारलाई वार्षिक प्रतिवेदन बुझाउने गरे पनि सुनुवाई शून्य बराबरको छ। राष्ट्रिय मानवअधिकार आयोगले हरेक वर्ष सरकारलाई बुझाउने वार्षिक प्रतिवेदनबारे कहिल्यै संसद्मा छलफल भएन। प्रतिवेदनबारे छलफल नै नहुने भएपछि त्यसले सिफारिस गरेका विषय कार्यान्वयन हुने प्रश्नै रहेन। 

अहिलेसम्म विभिन्न आयोगको सिफारिस कार्यान्वयन नगरेको सरकारले समुदायको समग्र स्थितिको अध्ययन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका लागि सरकार समक्ष गरेको सिफारिस तथा समुदायको सशक्तीकरणका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा आयोगले सरकारलाई दिएको सुझाव मान्न तयार हुने कुरामा विश्वास गर्न सकिने अवस्था छैन। 

आयोगको अध्यक्ष तथा सदस्य हुन सम्बन्धित समुदायको क्षेत्रमा कम्तिमा १० वर्ष योगदान गरेको र ४५ वर्ष उमेर पूरा भएको व्यवस्थाको विरोध नभए पनि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको व्यवस्थाको आलोचना हुने गरेको छ। मुलुक चलाउने राष्ट्रपति, प्रधानमन्त्रीदेखि वडा समिति सदस्यका लागि शैक्षिक योग्यता नचाहिने तर आयोगका अध्यक्ष तथा सदस्य नियुक्त हुन शैक्षिक योग्यता त्यो पनि स्नातक तह उत्तीर्ण चाहिने भनेर प्रश्नहरु उठेका छन्। यस्तो व्यवस्थाले दशकौं दशक काम गरेर ज्ञान हासिल गरेका अनुभवीहरुलाई वञ्चित गर्ने निश्चित छ। 

आयोगका पदाधिकारी तथा सदस्यहरुजस्तै राजनीतिक दलका नेताहरुका लागि पनि शैक्षिक योग्यता नतोकिन्जेल यस्तो प्रश्न उठ्नु स्वभाविक पनि हुन्छ। यस्तै, राजनीतिक दलका नेताहरुलाई संवैधानिक अंगका प्रमुख, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि वडा सदस्यसम्म जतिपटक दोहोरिए पनि नियुक्त हुने छुट रहने तर आयोगमा पुनः नियुक्ति वा सरकारी सेवामा नियुक्तिका लागि रोक लगाइनुको औचित्य पुष्टि गर्न सकिदैन । 

यसैगरी, सम्बन्धित आयोगका लागि सोही समुदायको व्यक्ति अनिवार्य गरिँदा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने अन्य समुदायका विशेषज्ञ पनि वञ्चित हुने निश्चित छ। नेतृत्वमा सम्बन्धित समुदायकै अनिवार्य र सदस्यमा सोही समुदायलाई प्राथमिकता दिए पनि अन्य समुदायका भएर पनि मधेसी, थारु, मुस्लिम समुदायका लागि काम गरिरहेका अनुसन्धानकर्ता, विशेषज्ञहरुको भूमिका पनि आयोगका लागि महत्वपूर्ण हुन सक्छ। सम्बन्धित समुदायको व्यक्ति मात्र आयोगको सदस्य हुन योग्य उल्लेख गरिएको छ, तर सँगै आयोगको कार्य सञ्चालनका लागि भने काठमाडौं उपत्यकामा नै आयोगको कार्यालय रहने किटान गरिएको छ। आयोगले आवश्यकता अनुसार प्रदेश तहमा समेत कार्यालय स्थापना गर्न सक्ने व्यवस्था गर्नुको साटो आयोगको कार्यालय सम्बन्धित समुदायको बाहुल्यता भएको बसोबास क्षेत्रमा राख्दा संघीयताको मर्मअनुरुप हुने भएकाले पुनर्विचार गर्न सकिन्छ।

आयोगको बैठकका लागि निर्धारित अवधि नतोकी आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने व्यवस्था मात्र गरिएकाले लामो समयसम्म बैठक नबस्ने र आयोग निस्क्रिय हुने सम्भावना प्रबल छ। बैठकको सुनिश्चिततासँगै आयोगलाई जिम्मेवार बनाउन त्रैमासिक वा चौमासिक रुपमा सार्वजनिक सुनुवाई र प्रगति प्रतिवेदन सार्वजनिक गरिनुपर्ने व्यवस्था समेत निश्चित गरिनु उपयुक्त हुन्छ।

आयोगको गठन नगर्ने, आयोगका प्रतिवेदनमाथि सरकारले छलफल नगर्ने र सिफारिसहरु कार्यान्वयन नगर्ने हो भने संविधानमा मात्र आयोगको व्यवस्था गरेर सम्बन्धित समुदायको हकहितको संरक्षण र प्रवद्र्धन हुने कल्पना गर्न मिल्दैन। समुदायको समतामूलक विकास र संघीयताको कार्यान्वयनकै लागि नयाँ संविधानमा विभिन्न आयोगको प्रावधान थपिएको हो भने सरकारले जनस्तरबाट उठेका प्रश्नहरुको सम्बोधन गर्नुपर्ने हुन्छ। तत्काल आयोगहरुको गठन तथा आयोगले गरेको सिफारिस कार्यान्वयन गरेमा मात्र आयोगको संवैधानिक व्यवस्थाको औचित्य पुष्टि हुनेछ र संविधान समेत कार्यान्वयन भएको मानिनेछ।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ०३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग
सञ्चालनमा आयो पृथ्वी राजमार्ग
सम्बन्धित सामग्री
महाविपत्तिमा सक्षम सरकारको खोजी अबको प्रश्न सरकार विपत्ति आउनुअघि कति तयार थियो, विपत्ति आउँदा कति सक्षम भयो र विपत्तिपछि नागरिकलाई कति सुरक्षित भविष्य दिन सक्छ भन्... शुक्रबार, भदौ १२, २०८३
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ जनकपुरबाट पत्रकारिता गर्नेमध्ये नेपालीजी जनकपुर, मिथिला र मधेशमा मात्र सीमित थिएनन्/छैनन्। उनी सम्पूर्ण नेपालमा आदरपूर्वक ‘नेपालीजी’... शुक्रबार, भदौ १२, २०८३
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
सञ्चालनमा आयो पृथ्वी राजमार्ग शुक्रबार, भदौ १२, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्