काठमाडौं– सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो।
बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।