काठमाडौं– नेपाली कांग्रेस का वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दावी गरे।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्।
काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको उनले बताए। प्रमुखका उम्मेदवारहरुको कार्यक्षमताको समय सकिसकेकाले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको उनको भनाइ छ।
वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दलले हार बेहोरेको उनले बताए।
नेपाली कांग्रेस को नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको उल्लेख गरे।
उनले भने, ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेस का नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो। किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उनीहरू उपयुक्त थिएनन्। आउटेडेट भइसकेका थिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।