काठमाडौं– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ।
शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा सचिवालयको बैठक बस्न लागेको कार्यालय सचिवसमेत रहेका पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
‘स्थानीय तह निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्ययोजनाका बारेमा आजको बैठकमा छलफल हुन्छ,’ उनले भने, ‘त्यसपछि कार्ययोजनासहित सबै कमिटी परिचालन हुन्छ।’
बैठकमा सचिवालयमा रहेका १२ जना सदस्यहरूको सहभागिता रहनेछ। सचिवालयले बैठकबाट पार्टीको स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद्को बैठकको मिति पनि तय गर्नेछ।
सबै कमिटीका बैठकसँगै एकीकृत समाजवादीले आगामी निर्वाचनको तयारीलाई पनि तीव्रताका साथ अघि बढाउने तयारी पनि गरेको छ।
विभिन्न क्षेत्रमा भेला प्रशिक्षणका कार्यक्रमसहित पार्टीबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित बनेका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने कार्यक्रम पनि तय गर्ने तयारी समाजवादीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।