काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्।
ललितपुरको खुमलटारस्थित दाहाल निवासमा शनिबार बिहान दुई नेताबीच भेट भएको हो। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ।
भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो। भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको बताइएको छ।
सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ। त्यसबारे पनि छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।