काठमाडौं– नेकपा माओवादी केन्द्रले आफ्ना पूर्व स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाएको छ। आइतबार बिहान ८ बजे बस्ने गरी पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाइएको हो।
शनिबार दिउँसो ३ बजे बैठक बस्ने भनिए पनि आइतबार बिहान मात्रै बस्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले जानकारी दिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी निर्वाचनको सन्दर्भमा छलफल हुने बताइएको छ।
नेकपा माओवादीको ८ औं महाधिवेशन सम्पन्न भएको ५ महिना पुगिसक्दा पनि अहिलेसम्म पदाधिकारीको टुंगो लगाउन सकेको छैन। त्यस्तै केन्द्रीय कमिटी बाहेकका अन्य कमिटी पनि निर्माण गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।