• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट छलफल : प्रतिपक्षीको आलोचना र सत्तापक्षको संशयलाई अर्थमन्त्रीको जवाफ, कार्यान्वयनमा शंका

64x64
ईश्वर बराल शुक्रबार, जेठ २०, २०७९  २१:१५
1140x725

काठमाडौं–संघीय संसदमा पेस भएको बजेटमाथिको सैद्धान्तिक छलफल शुक्रबार सकिएको छ। राष्ट्रिय सभामा बुधबार नै जवाफ दिएका अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधि सभामा जवाफ दिए। 

जेठ १५ गते आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी आर्थिक वर्ष २०७९/०८०का लागि बजेट पेस गरेको थियो। पाँच दलीय गठबन्धनको सरकारले आगामी मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउनुपर्ने पृष्ठभूमिमा यो बजेट ल्याइएको हो। 

सामान्यतः बजेट पेस भएपछि सत्तापक्षले समर्थन गर्ने र प्रतिपक्षले आलोचना गर्ने पराम्परा रहँदै आएको छ। तर, यसपटक बजेटमाथि सत्तापक्षकै सांसदहरूले समर्थनसहित आलोचनात्मक टिप्पणी र केही कार्यक्रममा प्रश्न पनि उठाए।  

अर्थमन्त्री  जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा सत्ता गठबन्धनकै दुई सांसद कांग्रेस महामन्त्री गगनकुमार थापा र माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले समर्थनसहित सबैभन्दा ज्यादा संशयपूर्ण प्रश्न गरे। पूर्व विभागीय मन्त्रीसमेत रहेका सांसदद्वयका मुख्य सवाल स्वास्थ्य र शिक्षासम्बन्धी थिए। सांसद थापाले अर्थमन्त्रीलाई बिहीबारको बैठकमा ८ वटा प्रश्न गरेका थिए। सांसद थापा र पोखरेलले मुख्य सवालका रूपमा स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिन लागेको भन्दै प्रश्न गरे। 

सत्तापक्षीय प्रभावशाली सांसदको यस्ता सवालहरू र प्रतिपक्षीहरूको पर्याप्त आशंकाको जवाफ दिन प्रतिनिधि सभामा अर्थमन्त्री शर्माले करिब ५० मिनेटको समय खर्चिए। मुख्यतः मन्त्री शर्मालाई छलफलका क्रममा पाँच क्षेत्र केन्द्रित रहेर सवालहरू गरिएका थिए। शुक्रबार संसदमा मन्त्री शर्मा पनि तिनै सवालको जवाफ दिन केन्द्रित थिए। 

पहिलो सवाल थियो चालू खर्च धेरै र चुनावलक्षित बजेट निर्माण रहेको भन्ने। मंगलबार, बुधबार र बिहीबारको छलफलमा सहभागी अधिकांश प्रतिपक्षी दलका सांसदले आगामी वर्षको बजेट चुनावलक्षित भएको आरोप लगाएका थिए। एमाले सांसद तथा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डेले बजेट वितरणमुखी रहको टिप्पणी गरेका थिए। 

त्यस्तै मंसिरमा प्रतिनिधि सभाको निर्वाचन हुने हुँदा यो बजेटको औचित्य अबको ५–६ महिनापछि सकिने बताएका थिए। त्यस्तै प्रतिपक्षीको आवाजमा आवाज मिसाउँदै सत्तापक्षीय सांसदले पनि चालू खर्च ज्यादा भएको भन्दै आलोचना गरे। 

जवाफ दिने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले आन्तरिक ऋणको साँवा बुझाउनुपर्ने भएकाले चालू खर्च बढ्न गएको बताए। ‘गतवर्षको तुलनामा आगामी वर्ष आन्तरिक ऋणको साँवा तिनुपर्ने भएकोले चालू खर्च बढ्न गयो,’ उनले भने, ‘हिजोको ऋणको पैसा फिर्ता गर्ने समय यही वर्ष पर्दो रहेछ। त्यही भएर करिब ५० अर्ब खर्च थपिन गयो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले गत साल प्रहरीलाई दिएको भत्ता तथा अनिवार्य दायित्व समावेस नभएको तर आगामी वर्ष तिनलाई समावेश गरेकाले चालू खर्चको आकार बढेको जवाफ दिए। उनको यो जवाफपछि स्पष्टीकरण प्रश्न सोध्नेबेला कसैले उक्त विषयमा प्रश्न सोधेको सुनिएन, सायद सांसदहरूले चित्त बुझाए। 

त्यस्तै, प्रतिपक्षीले चुनाव केन्द्रित, ५–६ महिने बजेट भनेको सवालमा आफूले संविधानमा ५–६ महिनाका लागिमात्र बजेट बनाउनु पर्छ भन्ने व्यवस्था नदेखेको शर्माको जवाफ थियो। यस्तै निर्वाचन आफ्नो प्रक्रियामा हुने र बजेटले चुनावमा कुनै उथलपुथल नल्याउने उनको भनाइ छ। 

दोस्रो सवाल थियो कृषि र रासायनिक मलसम्बन्धी। सत्तापक्षीय सांसदले कृषि उत्पादन बढाउने लक्ष्य स्पष्ट रहेको बजेटकाे रहेकाे भन्दै सर्मथन गरे। तर, प्रतिपक्षी सांसदले अर्थमन्त्रीले रासायनिक मलमा अनुदान २९ अर्बबाट घटाएर १५ अर्ब बनाएकोमा सरकारको चाल ठीक नरहेको टिप्पणी गरेका थिए। 

उक्त सवालमा उठेको प्रश्नमा मन्त्री शर्माले भने, ‘कृषि उपजमा उत्पादन तत्काल बढाउन सकिने उपायहरू स्पष्ट रहेको र बीउ तथा मलको उपलब्धता बढाउनेबित्तिकै उत्पादन बढ्ने लक्ष्य रहेको छ।’ त्यस्तै रासायनिक मल अभाव हुन नदिने  उनले स्पष्ट पारे। मन्त्री शर्माको यो जवाफले प्रश्नकर्ता सांसदहरूले पुनः प्रश्न दोहोर्‍याएनन्। 

तेस्रो महत्वपूर्ण सवाल थियो पुँजीगत खर्च बढाउने उपाय बारे। नेपालमा पुँजीगत खर्च कम हुने परम्परा छ। चालू आर्थिक वर्षमा न्यून पुँजीगत खर्च भएका तथ्य सार्वजनिक भएका छन्। यसको वरिपरी रहेर सत्तापक्षीय र प्रतिपक्षी सांसदले निकै प्रश्न र आशंका व्यक्त गरेका थिए। मन्त्री शर्माले जवाफ दिने क्रममा पुँजीगत खर्चको सवालमा आफूले सुधार गर्ने योजना ल्याएको स्पष्ट पारे। 

उनले भने–‘चालू आर्थिक वर्षमा पुँजीगत खर्च कम भएको कारण स्पष्ट पारेको छु र अबको वर्षमा सुधारका योजना तय गरिएका छन्।’ त्यस्तै विकाससम्बन्धी ऐन ल्याएर पुँजीगत खर्च बढाउने उने बताए। ‘पुँजीगत खर्च गर्नका लागि विकाससम्बन्धी ऐन ल्याएर विकासको क्रममा रहेका समस्यालाई तत्-तत् ठाउँमा सम्बोधन गरिनेछ,’ उनले भने, ‘संरचनात्मक रूपमा समस्या रहेका ठाउँमा पुन:संरचना गरिने, कार्यान्वयनको क्षेत्रमा आएका समस्यालाई तत्काल हटाइने छ।’ 

मन्त्री शर्माले अहिले रहेको तरलताको समस्या पनि पुँजीगत खर्च बढाएर समाधान गर्ने लक्ष्य रहेको जवाफ दिए। मन्त्रीको जवाफले प्रश्नकर्ता सांसदहरूको प्रतिप्रश्न सुनिएन।

चौथो सवाल थियो विद्युतीय सवारीमा कर र विद्युतीय चुल्होको प्रयोग गर्ने सरकारको योजनासम्बन्धी। यसको जवाफ कसैलाई पोस्न नभई क्रमश इन्धनलाई विस्थापन गर्न भन्ने तर्क प्रस्तुत गरे। छलफलका क्रममा सांसदहरूले यो योजना कार्यान्वयनमा आए सीमित मान्छेलाई मात्र फाइदा हुने चिन्ता व्यक्त गरेका थिए। 

पाँचौं सवाल शिक्षा र स्वास्थ्य थियो। शिक्षा र स्वास्थ्यसम्बन्धी सवाल संसदमा भएको बहसमा सबैभन्दा पेचिलोमध्ये एक विषय थियो। यो हुनुको मुख्य कारण वर्तमान अर्थमन्त्रीले शिक्षाको क्षेत्रमा आउनुपर्ने बजेटको सन्दर्भमा पुराना वक्तव्य र अहिलेको योजनाबीच फरक हुनु र स्वास्थ्य बिमासम्बन्धी तय गरिएका कार्यक्रम। गतवर्ष विष्णु पौडेल अर्थमन्त्री हुँदा प्रस्तुत भएको बजेटमाथि टिप्पणी गर्दा शर्माले शिक्षामा २० प्रतिशत बजेट नछुट्याएकोमा आक्रोश व्यक्त गरेका थिए। यसपटक स्वयम् शर्माले बजेटमा झिनो मात्रामा बजेट बढाए। यसकारण प्रतिनिधि सभामा प्रतिपक्षी सांसदको निशानामा परे शर्मा। यसो त सत्तापक्षीय सांसदले पनि मन्त्री शर्मालाई कडा  प्रश्नहरू गरेका थिए।

उक्त सवालको जवाफ दिने क्रममा उनले शिक्षा क्षेत्रमा मानव संसाधनमा लगानी बढाइएको र थोरै मात्रामा बजेट बढाइएको बताए। उनले भने, ‘शिक्षामा थोरै मात्रामा बजेट बढाइएको छ। अर्कोतर्फ १२ कक्षासम्म पढिसक्दा आधारभूत सीपयुक्त बनाइने छ। मानव संसाधनमा लगानी गरिनेछ। यो शिक्षाकै एक मुख्य पाटो हो।’ शर्माको यो जवाफमा उनकै पार्टीका नेता गिरिराजमणि पोखरेलले थप प्रस्ट हुनलाई स्पष्टीकरण प्रश्न राखे। नेता पोखरेल शर्माका जवाफमा खासै प्रस्ट हुन सकेनन्।

त्यस्तै स्वास्थ्य बिमासम्बन्धी बजेटमा राखेको व्यवस्थामा सत्तापक्षीय सांसद र प्रतिपक्षका सांसदहरू रुष्ट थिए। जसमा मन्त्री शर्माले स्वास्थ्य बिमामा निजी क्षेत्र भित्र्याउने कार्यक्रम राखेको आरोप थियो। सांसदहरूको छलफलका क्रममा मुख्यगरि सांसद गगनकुमार थापा, गिरिराजमणि पोखरेल, एमाले सांसद योगेशकुमार भट्टराईले संशयसहित प्रश्न गरेका थिए। 

जवाफका क्रममा मन्त्री शर्माले भने, ‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई दिएको छैन र दिन खोजिएको पनि छैन। खाली अर्को पाटो अध्ययन गर्ने प्रयास मात्र गरिएको हो।’ तर, मन्त्री शर्माको जवाफमा सन्तुष्ट नभएपछि सांसद थापा, पोखरेल र भट्टराईले स्पष्टीकरण प्रश्न सोधेका थिए। 

मन्त्री शर्माले यीबाहेक अरु सवाल दलित, समाजिक सुरक्षा, सुकुम्बासी तथा रोजगारीका सवालमा जवाफ फर्काएका थिए। तर, अधिकांश सांसदहरूले उक्त विषय कार्यान्वयनमा आउनेबारे संशय व्यक्त गरे। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज ७, २०८३
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्