काठमाडौं– संघीय संसद्को प्रतिनिधि सभाले आर्थिक वर्ष २०७९/८०को बजेटमाथि जेठ २३ गते (सोमबार) देखि मन्त्रालयगत छलफल सुरु गर्ने भएको छ।
प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल शुक्रबार पहिलो बैठकमा अर्थमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए।
जेठ १५ गते सरकारले बजेट ल्याएको थियो। सरकारले निर्वाचन लक्षित र अन्य केही कार्यक्रम राख्दै बजेट सार्वजनिक गरेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको दोस्रो बैठक राख्दै बजेटको विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति दिँदै मन्त्रालयगत छलफलको समय तोकेका हुन्।
मन्त्रालयगत छलफलका लागि संसदले २३, २४ ,२५, २६ र २७ गते समय तोकिएको छ। सभामुखले उक्त समयमा बोल्ने सांसदहरूले आफ्नो संसदीय दलमार्फत् नाम पेस गर्न भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।