काठमाडौं– प्रतिनिधि सभाले बजेटको विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत गरिएको हो।
प्रतिनिधि सभामा बजेटमाथि छलफलको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक पेस गरेका थिए। सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो।
सरकारले ल्याएको विधेयकमा विभिन्न दलका सांसदहरूले प्रश्न गरेका थिए। उनीहरूले सोधेको प्रश्नमा अर्थमन्त्री शर्माले पहिलो बैठकमा जवाफ दिएका थिए।
उनको जवाफपछि सभामुख सापकोटाले दोस्रो बैठक राख्दै विनियोजन विधेयकको विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । योसँगै अब बजेटको मन्त्रालयगत छलफल सुरु हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।