काठमाडौं– तेजाव आक्रमणसहित अन्य फौजदारी कसुर सम्बन्धी चार विधेयकले प्रतिनिधि सभामा पेस हुने अनुमति पाएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकमा अध्यादेशका रूपमा आएका यी विधेयकहरू पेस भएका थिए। उक्त विधेयकलाई स्वीकृतिका लागि कानुनमन्त्री गोविन्द शर्मा बन्दीले पेस गरेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले समय दिएसँगै उक्त विधेयक ल्याउनुपर्नाको कारणसहित पेस भएको थियो। विधेयक अपूर्ण रहेको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका थिए।
सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। सुवालले उठाएको प्रश्नमा कानुनमन्त्रीले जवाफ पनि दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।