काठमाडौं- देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव गरिसक्ने पक्षमा रहेको दाबी गरेका छन्।
अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने होकि भन्ने डरले पनि प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो सम्पन्न गराउने पक्षमा रहेको तर्क गरेका हुन्।
'शेरबहादुर देउवाचाँही अर्को चुनाव चाँडै गर्ने पक्षमा छन्, कार्तिक मसान्तसम्म चुनाव गरिसक्ने। किनभने गठबन्धन अहिलेसम्म कायम छ। फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गईहाल्यो भने चुनाव जितिदैँन । सरकारमा आउन सकिँदैन। त्यसकारण अव ढिलो गर्नु हुँदैन। चाँडै चुनाव गराउनु पर्छ भनेर लागेका छन्' उनले भने।
पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य बस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित बिरोध प्रर्दशनमा बोल्दै उनले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरे।
अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको जिकिर समेत गरे। सरकारले चुनाव जिताउनका लागि १५ प्रतिशत तलव वृद्धि गरेर कर्मचारीहरुलाई ‘घुस’ दिएको उनको भनाइ थियो। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेतासमेत रहन भएका गजुरेलले चुनावमा जित्नका लागि जनतालाई जसरी पनि खुसी पार्नुपर्ने भएकाले सरकारले सोही अनुसार नै बजेट ल्याएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।