काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कुनै निजी कम्पनीलाई नदिएको दावी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको पनि छैन, दिन खोजिएको पनि छैन। अहिले जहाँ छ, त्यहिँबाट परिचालन हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।