काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा चालू खर्च बढी हुनुको कारण आन्तरिक ऋणको साँवा भुक्तान गर्नुपर्ने भएर राखिएको बताएका छन्।
प्रतिनिधि सभामा बजेटमाथि भएको छलफल र त्यसमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘गत वर्षको तुलनामा आगामी वर्ष आन्तरिक ऋणको साँवा भुक्तानी गर्नुपर्ने भएकाले चालू खर्च बढेको छ।’ धेरै वर्षदेखिको आन्तरिक ऋणको साँवा बुझाउने म्याद यही आर्थिक वर्षभित्र आउने भभएका कारण चालू बजेट बढी भएको उनको भनाइ छ।
उनले भने, ‘चालू खर्च किन बढी भो भन्ने प्रश्न छ, त्यो चाहिँ धेरै वर्षदेखिको आन्तरिक ऋणको साँवा बुझाउने म्याद यहि आर्थिक वर्षभित्र आउने भएकाले करिब ४९–५० अर्ब बढी दायित्व थपिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।