काठमाडौं– सरकारले सर्वसाधारण र व्यवसायका लागि मूल्य निर्धारण गर्न समिति गठन गरेको छ। सरकार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त समिति गठन गरिएको बारे जानकारी दिएका छन्।
प्रतिनिधि सभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका क्रममा मन्त्री बडूले सर्वसाधारण र व्यवसायका लागि मूल्य निर्धारण गर्न समिति गठन भएको जानकारी दिएका हुन्।
उनले आयल निगम समितिका सदस्यको संयोजकत्वमा सरोकारवालासहितको उपसमिति गठन गरिएको र त्यसले गृहकार्य सुरु गरिसकेको बताएका छन्। यस्तै इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि गृहकार्य सुरु भइसकेको मन्त्री बडूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।