काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा सांसद देवप्रसाद गुरुङले इन्धनको मूल्य बढ्नुको मुख्य कारण रूस–युक्रेन युद्ध, भारत आयल निगमको एकाधिकार र नेपाल आयल निगमभित्रको चुहावट भएको दावी गरेका छन्।
प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता गुरुङले तीनवटा समस्या औंल्याउँदै तेलमा भारतको एकाधिकार तोड्नुपर्ने मत राखेका हुन्।
उनले अन्तर्राष्ट्रिय बजारमा अन्तरनिहित हुनु र भारतीय आयल निगमको एकाधिकारका कारण पनि नेपालले दुःख पाइरहेको उल्लेख गरे।
उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा अन्तरनिहित हुनु, भारतीय आयल निगमको एकाधिकार र नेपाल आयल निगमको भ्रष्टाचार, अनियमितता र चुहावट हुनु मूल समस्या हुन्। राज्यको दायित्व रहेकाले निजी क्षेत्रलाई भित्र्याउनेभन्दा पनि राज्य जिम्मेवार बन्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।