काठमाडौं– नेकपा एमालेका सांसद भिमबहादुर रावलले दैलेखको इन्धन उत्पादनको कामलाई तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभामा दर्ता भएको सार्वजनिक महत्वको प्रत्तावमाथिको छलफलमा भाग लिँदै नेता रावलले यस्तो माग गरेका हुन्।
उनले रूस–युक्रेन युद्ध र यसबाट हुनसक्ने सम्भावित घटनालाई ध्यान दिएर दैलेखको इन्धन उत्पादन कार्यलाई तत्काल अघि बढाउन सुझाएका छन्।
उनले भने, ‘रूस–युक्रेनको युद्व र यसका सम्भावित घटनालाई ध्यान दिएर दैलेखको इन्धन उत्पादनको कार्यलाई तत्काल अगाडि बढाइनुपर्छ एउटा देशमामा मात्र निर्भर भएर इन्धन ल्याउने काम अन्त्य गर्नुपर्छ।’
यस्तै उनले इन्डक्सन चुल्हो वितरण गर्नुभन्दा पनि जनतालाई विद्युतमा सहुलियत दिन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।