काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पेट्रोलियम ऐन ल्याउन सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका हुन्।
‘संसद् चलिरहेको बेलामा म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, पेट्रोलियम ऐन चाहियो हामीलाई,’ उनले भने, ‘पेट्रोलियम ऐन लिएर आयौं भने बल्ल हामीलाई बाटो देखाउँछ।’
त्यस्तै सांसद थापाले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर भए पनि जनतालाई राहात दिन सरकार समक्ष आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।