काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनको विकल्प खोज्नुपर्ने बताएका छन्।
विपरीत वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने उनको भनाइ छ।
उनले भनेका छन्, 'विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धि निम्ति गम्भीर ढंगले विकल्प सोचौं!'
यसअघि जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।