काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्। जसका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठ बोलाइएको छ।
बैठकमा अर्थमन्त्री शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
मंगलबारदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो। उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राख्दै विभिन्न प्रश्न उठाएको थिए। अर्थमन्त्री शर्माले सोही प्रश्नको जवाफ दिन लागेका हुन्।
शुक्रबारकै प्रतिनिधि सभा बैठकमा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिका विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।