काठमाडौं–राप्रपा नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको छ।
हेटौंडामा सम्पन्न बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले उक्त माग गरेको हो। भेलाले विभिन्न ६ बुँदे निर्णय पनि गरेको छ।
‘वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरी तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाइ निरन्तरता दिन सरकारसँग यो भेला आग्रह गर्दछ,’ राप्रपा नेपालले आफ्नो निर्णयमा भनेको छ।
यस्तै, चाँडो जिल्ला कार्यसमितिलाई पूर्णता दिने, भदौभित्र जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र सबै तहका कार्यसमितिहरुको बैठक कम्तीमा महिनाको एक पटक गर्ने निर्णय भेलाले गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।