काठमाडाैं-कैलालीमा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा बन्ने भएको छ। एमाले र माओवादीसँगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिले जिसस प्रमुख पाउने भएको हो। प्रमुखसँगै याे पार्टीले थप दुई सदस्य लिने सहमति भएकाे छ।
यस्तै एमालेले उपप्रमुख र एक सदस्य तथा माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने सहमति भएको छ।
१३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ मत आवश्यक हुन्छ ।
नागरिक उन्मुक्ति, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन्। कैलालीमा नागरिक उन्मुक्तिले चार प्रमुख र तीन उपप्रमुख जितेको छ। एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ। यस्तै माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ।
यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ। एकीकृत समाजवादी र स्वतन्त्रले १/१ प्रमुख जितेका छन्। कैलालीमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।

कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको थियाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।