• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभामा बैठक : संघीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

64x64
रासस बिहीबार, जेठ १९, २०७९  १५:५५
1140x725

काठमाडौं- सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सांसदहरुले संघीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  

राष्ट्रिय सभामा दर्ता भएको सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संघीयताको मर्मअनुसारका तीनै तहका राज्य सञ्चालन हुनुपर्ने बताए। छलफलमा भाग लिँदै सांसद सुरेशकुमार आले मगरले स्रोत र शक्तिको बाँडफाँट संघीयताको मूल मर्म भएको उल्लेख गर्दै केन्द्रीकृत सत्ताले स्रोत र शक्तिमा एकाधिकार जमाएकाले जनताले विद्रोह गर्नुपरेको बताए। 

सांसद कमला पन्तले संघीयताले अधिकार जनताको घरदैलोमा पुर्‍याउन सक्नुपर्नेमा जोड दिइन्। सांसद मदनकुमारी शाह (गरिमा)ले संघीयतालाई जनमुखी बनाउन राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याइन्। 

सांसद भैरवसुन्दर श्रेष्ठले सिंहदरबारका अधिकार गाउँगाउँ लैजाने भनेर संविधानसभाबाट संविधान जारी भए पनि संघीयता कार्यान्वयनका क्रममा दलहरुबीचको बुझाइ फरक हुँदा संघीयता नै धरापमा पर्ने हो की भनेर चिन्ता थपिएको बताए। 
उनले संघीयताको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष एक भएर जानुपर्ने बताए। 

सांसद राधेश्याम पासवानले संघीयतालाई मजबुत बनाउन सबैको साझा दायित्व रहेको बताए। 

सांसद हरिराम चौधरी पहिचानसहितको संघीयता कार्यान्वयनमा अझै पनि कमजोरी रहेको बताए। सांसद प्रकाश पन्थले सङ्घ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन दिन नसक्दा संघीयता कार्यान्वयनमा चुनौती थपिएको बताए। सांसद रामचन्द्र राईले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताए। 

उनले संघीयताको मर्ममा समावेशीता भए पनि समावेशीताको मुद्दालाई ओझेलमा पारिएको बताए। सांसद मायाप्रसाद शर्माले जनताको नासो जनतालाई बुझाउने नाममा जनताबाट शोषण गर्ने र जनतालाई खरिद गर्ने प्रवृत्ति बढेको भन्दै त्यसको अन्त्यका लागि स्पष्ट नीति बनाउन आग्रह गरे। 

सांसद विमला राईले राज्यले दिने सेवा सुविधामाथि जनताको सहज पहुँच पुर्‍याउने उद्देश्यले मुलुकमा संघीयता स्थापना भए पनि यसको प्रभावकारी कार्यान्वयनमा उच्च ओहोदामा रहेका व्यक्तिको केन्द्रिकृत सोच चुनौतीका रुपमा देखिएको बताए। 

nimb
nimb

सङ्कल्प प्रस्तावको प्रस्तावक खिमलाल देवकोटाले केन्द्रीकृत राज्यव्यवस्था परिवर्तनसँगै नागरिकले शान्ति, सुशासन, दिगो विकास र समृद्धिका अपेक्षा लिइएको भए पनि सो बमोजिम काम हुनसकेको नसकेको बताए। संविधानप्रदत्त आ–आफ्नो अधिकारलाई तीनै तहका सरकारले सम्मान गरुन् भन्ने उद्देश्यले सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदको सहभागितामा प्रस्ताव दर्ता गरिएको उनको भनाइ थियो।

'स्थानीय तहका अधिकार क्षेत्रसँग समानान्तर हुने गरी अन्य तहका सरकारले संस्थगत संरचना निर्माण नगरुन्, संघीयताको अभिप्रायअनुसार प्रदेशको आत्मसम्मानमा ठेस् लाग्ने काम नहोस्, संविधानको लयअुनसार प्रदेशलाई काम गर्ने वातावरण निर्माण गरियोस् भन्ने उद्देश्य सङ्कल्प प्रस्तावले लिएको छ', उनले भने।

संघीयताको कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन १५ बुँदा प्रस्तावमा समेटिएको उनले बताए। प्रस्तावमा अन्तरतह समन्वयकारी संस्था क्रियाशील गराउन, सरकारका तहहरुबीचको कार्यक्षेत्रमा देखिएको दोहोरोपनाको अन्त्य गराउन आवश्यक कानुनी व्यवस्था गर्ने, नीति, निर्माण र कानुन तर्जुमामा सरकारका तहहरुबीच तादम्यता कायम गराउन, अधिकार र कार्यबोझका आधारमा मात्र संस्थागत संरचना निर्माण गराउन सरकारलाई निर्देशन दिन माग गरिएको छ। 

यस्तै सशर्त अनुदानका नाममा स–साना योजना तथा कार्यक्रम बाँडफाँट बन्द गराउन, सहभागितामूलक योजना तर्जुमा पद्दतिलाई कार्यान्वयन गराउन, प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश बमोजिम हुने संविधानको व्यवस्था कार्यान्वयन गर्न, प्रदेश र स्थानीय तहमा देखिएको कर्मचारीको न्यूनता पूरा गर्न, प्रहरीलगायत प्रदेशमा समायोजन र हस्तान्तरण गर्न बाँकी संरचनाको व्यवस्थापन गराउन, प्रदेशमा हुने मन्त्रालय र मन्त्रीको सङ्ख्यालाई चुस्त बनाउन आवश्यक गृहकार्य गराउन निर्देशन माग गरिएको छ। 

प्रस्तावका समर्थक जीतेन्द्रनारायण देवले कसिलो अन्तरतह सम्बन्ध, सबल वित्तीय संघीयता, कामयवी प्रशासनिक संघीयता, कानुन तर्जुमाको गतिशीलता र नागरिकमा सेवा प्रवाहको प्रभावकारिताका लागि संघीयताको प्रभावकारी कार्यान्वयनको विकल्प नभएको बताए। 'संघीयता कार्यान्वयनमा केही समस्या देखियो, जनतालाई सुशासन, राहत, सुविधा दिने, घर–घरमा राज्य पुग्ने र सामाजिक न्यायमा आधारित समाज बनाउने संघीयताको लक्ष्य हो', उनले भने, 'संघीयताको सिर्जनात्मक र रचनात्मक कोणबाट सबै अगाडि बढ्नुपर्ने छ।' 

अर्का समर्थक गोपीबहादुर अछामीले संविधानको अनुसूचीमा समेटिएका सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारका सूचीअनुसारको कानुन समयमै निर्माण गर्न संघीयतालाई आशङ्काले हेर्न थालिएको बताए। उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको भावनाको सम्मान गर्न संघीयता ल्याइएको बताउँदै उनले सबैको भावना, भाव, भाषा संस्कृतिलाई सम्बोधन गर्ने एकताबद्ध ढङ्गको राज्य चाहिएको जनाए। 

उनले भने, 'यसलाई प्रभावकारी बनाउनुपर्छ, संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै जानुपर्छ।' प्रस्तावका समर्थक नन्दा चपाईंले संघीयताको मर्मअनुसार जनताले अधिकार पाए की पाएनन् भनेर गम्भीर ढङ्गले सोच्नुपर्ने अवस्था आएको बताइन्। 

'राजनीतिक परिवर्तनबाट प्राप्त अधिकार श्रमजीवी वर्गमा पुग्यो की पुगेन भरेर सोच्नुपर्ने बेला आएको छ', उनले भनिन्, 'संघीयता कार्यान्वयन गर्न माथिल्ला निकायबाट नै कमजोरी भएको हो की भन्ने अवस्था देखिएको छ।' 

अर्का समर्थक प्रमिला कुमारीले संघीयतालाई मजबुत बनाउन जरुरी रहेको बताइन्। जनयुद्ध, मधेस आन्दोलन, थारु आन्दोलनलगायत जनविद्रोहबाट नै संघीयता प्राप्त भएको उल्लेख गर्दै संघीयतालाई बलियो बनाउन सबै पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा बाढीपछि राहत र पुनर्निर्माणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु रसुवाको भोटेकोसी क्षेत्रमा १० गते आएको बाढीबाट भएको क्षति तथा त्यसपछिको उद्धार, राहत र पुनर्निर्माणका विषयलाई बैठकको प्रमुख कार्यसूच... शुक्रबार, भदौ १२, २०८३
सुदूरपश्चिम प्रदेश सरकारद्वारा आकस्मिक सहायता कक्ष सञ्चालन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक अपिल जारी गरी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तगर्त चौबिसै घण्... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको प्रधानम... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
रसुवा बाढीपछि राहत र पुनर्निर्माणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु शुक्रबार, भदौ १२, २०८३
सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो,उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण शुक्रबार, भदौ १२, २०८३
चीनबाट आयो ड्याम पुन: फुटेको सूचना, सुरक्षित रहनुस् : रसुवा सीडीओ शुक्रबार, भदौ १२, २०८३
सुदूरपश्चिम प्रदेश सरकारद्वारा आकस्मिक सहायता कक्ष सञ्चालन शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सर्वदलीय बैठकको १० बुँदे अपिल, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन (पूर्णपाठ) बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्