काठमाडौं– सांसद पुष्पा भुसालले राष्ट्र बैंकको नीतिका कारण सेयर लगानीकर्ता सडकमा आउनुपर्ने अवस्थामा पुर्याएको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएकी हुन्। उनले अर्थमन्त्री जनार्दन शर्मालाई राष्ट्र बैंकको उक्त नीतिलाई संशोधन गर्न आग्रह गरेकी छन्।
सेयर बजारमा ५२ लाख लगानीकर्ताले डिम्याट खाता खोलेर लगानी गरेको र १५ लाख लगानीकर्ता दोस्रो बजारमा कारोबार गरिसकेको स्मरण गराइन्। उनले लागनीकर्ताको लगानीलाई संयमित रूपमा लिन आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।