• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थमन्त्रीलाई गगनका आठ प्रश्न

64x64
नेपाल लाइभ बिहीबार, जेठ १९, २०७९  १३:३१
1140x725

काठमाडौं– प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि छलफल बिहीबार पनि जारी छ। बिहीबारको छलफलमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारले प्रस्तुत गरेको बजेटको सन्र्दभमा अर्थमन्त्रीलाई आठ वटा प्रश्न सोधेका छन्। प्रश्न यसप्रकार छन्ः

१. बजेटको आकारको सन्र्दभमा खर्च गर्ने क्षमता नभएर यो चालू आर्थिक वर्षमा यसको आकार संशोधन गर्नुपर्छ भनेर माननीय अर्थमन्त्रीले संशोधन गर्नुभयो। हाम्रो स्रोत व्यवस्थापनमा के नयाँ कुरा गर्दैछौं वा हाम्रो क्षमता वृद्धिमा के नयाँ कुरा गर्दैछौं? जसको कारण यो वर्ष म जस्तो सांसदलाई यो तथ्यमा आधारित छ, भनेर यस्तो आकारको बजेट ल्याएको छु आश्वस्थ बनाउनुहुन्छ?

२. व्यवस्थापन सम्बन्धमा छ। अर्थतन्त्र सात प्रतिशतले बढ्दै गर्दा राजस्व वृद्धि २० प्रतिशतभन्दा बढी बढ्छ भन्नुभएको छ, कसरी बढ्छ? त्यसमाथि पनि माननीय अर्थमन्त्रीले ल्याउनुभएको कार्यक्रममा आयातलाई कडाई गर्ने, २० प्रतिशतले घटाउने। यसले आयात लक्षित कर्जा साँघुरो हुँदै गर्दा, आर्थिक गतिविधि पनि साँघुरो हुँदै जान्छ। 

पेट्रोलियम पदार्थको मूल्य बढ्दै गर्दा, अन्तर्राष्ट्रिय सप्लाई चेनमा आएको अवरोधले हाम्रो मूल्य बढाउँछ। त्यसलाई नि थेग्नको निम्ति उपभोगमा आधारित हाम्रो ब्याङ्क ब्याजदरलाई नि बढाउनुपर्ने हुन्छ। यसले हाम्रो आर्थिक गतिविधिलाई संकुचित गर्छ। समग्रमा यो वर्ष राजस्वको लक्ष्य अरु वर्षभन्दा कम हुने देखिन्छ। यस्तो अवस्थामा म यति धेरै राजस्व बढाउँछु भन्दै गर्दा मलाई कसरी आश्वस्थ पार्नुहुन्छ?

वैदेशिक अनुदान अघिल्लो वर्ष ६३ अर्ब भन्यौं तर करिब–करिब २४ अर्ब आयो। यो वर्ष ५५ अर्ब आउँछ भन्दै गर्दा कसरी आश्वस्थ पार्नुहुन्छ? यो स्रोत यथार्थपरक छ भन्नलाई आश्वस्थ हुने आधार के हो?

Ncell 2
Ncell 2

३.खर्चको बारेमा यो वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड पुँजिगत खर्चको अनुमान गरिएको छ। गएको बर्ष पनि ३ खर्ब ७८ अर्ब थियो तर जेठ १५ सम्ममा जम्मा ३३ प्रतिशत खर्च भएको छ। पुँजिगत खर्च बढाउने उपायहरू हेरेँ। म संसद्मा आएदेखि यी उपायहरू नपरेको कहिले छैन। हामी त्यस्तो के नयाँ कुरा गर्छौं जस्ले अहिलेसम्म हुन नसकेको पुँजिगत खर्च बढ्छ? 

४. यो बजेट रुपान्तरणकारी भन्न मन छ। तर, रुपान्तरणकारी भन्नका लागि सामान्यतः हामीले सामान्य खर्च कति छुट्याएको छ, पुँजिगत खर्च कति छुटयाएको छ, यस्तै वित्तीय व्यवस्थापन कसरी गर्न लागिएको छ वा संघीयताको सन्दर्भमा तल पैसा कति पठाइएको छ भन्ने हेरिन्छ। गएका वर्षहरूमा त्यस्ता खर्च तथा पैसाहरूमा खासै केहि फरक थिएन। यो वर्ष मौका आउँदै गर्दा यसमा केहि परिवर्तन गर्न ध्यान पुर्याउनु भयो भएन माननीय अर्थमन्त्रीलाई मेरो यो प्रश्न छ?

५. हामीले छोटो समय मन्त्रालय चलाएको अनुभव पाएका छौं। मन्त्रालयले आफ्नो प्राथमिकता तय गरेको हुन्छ। वर्षौँ लाएर आफ्नो केहि लक्ष्यहरू निर्धारण गरेको हुन्छ। त्यसको आधारमा कार्यक्रमहरू बनाएको हुन्छ। जस्तो स्वास्थ्य बीमाको सन्दर्भमा यो सामाजिक स्वास्थ सुरक्षाको कर्यक्रम हो। वर्षौं लाएर स्वास्थ्य बीमाको अवधारणा बनायौं। यो संसद्मा मैले नै प्रस्तुत गरेको कानुन हो। त्यसमा थुप्रै कामहरू गर्न बाँकी छ। अर्थमन्त्रालयले अब बीमा कम्पनीमार्फत् बनाउने भन्यो। यो गर्नु भनेको नेपालले अहिलेसम्म ल्याएको स्वास्थ बीमाको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो। 

अर्को ठाउँमा स्थानीय पूर्वाधार विभागलाई खारेज गरेर भौतिक पूर्वाधार मन्त्रालयमा गाभ्ने भन्यौं। त्यसले भौतिक पूर्वाधार मन्त्रालयभित्रको वृत्ति विकास कत्तिको रोक्छ? यो भौतिक पूर्वाधार मन्त्रालले मागेको हो कि हैन? ऊर्जा मन्त्रालयले इलेक्ट्रिक मोभिलिटीका सन्र्दभमा महँगो गाडीको कर बढाउनु पर्छ भनेर माग गरेको हो कि अर्थमन्त्रालयले गरेको हो? मन्त्रालयहरूले ल्याएको कार्यक्रमहरू एक ठाउँ समायोजन गर्ने हो कि? अर्थमन्त्रालयले आधारभूत कुरा बदल्ने गरी कार्यक्रम राख्नु ठिक हो कि हैन?

६. राहतका लागि वा सामाजिक सुरक्षाको कोणबाट ल्याउने योजना स्वागतयोग्य छन्। तर, प्रत्येक सरकारले यसरी थप्दै गर्दा पछिल्लो पुस्ताले हामीले सिर्जना गरेको दायित्वलाई कसरी थेग्न सक्छ? दायित्वसँग आम्दानी पनि थप्ने कुरामा हाम्रो ध्यान पुग्नु पर्ने हो कि हैन?

७. पूर्ववर्ती सरकारले ल्याएको बजेट पूर्वबाट ल्यायो त्यहिँ टुंगिएको हामीले भनेका थियौं। यसपाली पूर्वका मान्छेको भनाइ के छ भने पश्चिमबाट बजेट आयो पश्चिममै सकियो भन्ने छ। शक्तिशाली व्यक्तिहरूको क्षेत्रमा प्रशस्त रूपमा बजेट जाने परम्पराभन्दा फरक के छ भन्ने आधार के हुन सक्छ?

८. कुनै पनि करको दर चलाउँदै गर्दा हामीलाई आश्वस्थ पार्नुपर्छ। एउटा पारदर्शीताको कुरा हो। अर्को त्यसको प्राप्ति के हुन्छ भन्ने थाहा हुनुपर्छ। केहि वर्षदेखि हामी के देखिरहेका छौं भने बजेट भनेको भाग्य चिठ्ठा जस्तो भएको छ। पूर्ववर्ती सरकारले चकलेट, विद्युतीय सवारीमा लाएको करमा हामीले प्रश्न उठाएका थियौं। अर्थमन्त्रालयले लिने कुनै एउटा नीतिले कुनै एउटा समूहलाई मात्र फाइदा हुने काम भयो भने पूर्ववर्ती सरकारको भन्दा फरक के भयो त?
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य सामान्य घट्यो
मेयर बालेनसँगको सहमतिलाई रास्वपा समितिले गर्‍यो अनुमोदन
सुदनले भने: कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ लाख ७० हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च... आइतबार, पुस १३, २०८२
बढ्यो अमेरिकी डलरको मूल्य आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रु... शनिबार, पुस १२, २०८२
सुनचाँदीको मूल्य सामान्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
सुनको मूल्य सामान्य घट्यो सोमबार, पुस १४, २०८२
मेयर बालेनसँगको सहमतिलाई रास्वपा समितिले गर्‍यो अनुमोदन सोमबार, पुस १४, २०८२
सुदनले भने: कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला सोमबार, पुस १४, २०८२
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन सोमबार, पुस १४, २०८२
कांग्रेसको आज पनि कार्यसम्पादन समिति बैठक जारी सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्