• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थमन्त्रीलाई गगनका आठ प्रश्न

64x64
नेपाल लाइभ बिहीबार, जेठ १९, २०७९  १३:३१
1140x725

काठमाडौं– प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि छलफल बिहीबार पनि जारी छ। बिहीबारको छलफलमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारले प्रस्तुत गरेको बजेटको सन्र्दभमा अर्थमन्त्रीलाई आठ वटा प्रश्न सोधेका छन्। प्रश्न यसप्रकार छन्ः

१. बजेटको आकारको सन्र्दभमा खर्च गर्ने क्षमता नभएर यो चालू आर्थिक वर्षमा यसको आकार संशोधन गर्नुपर्छ भनेर माननीय अर्थमन्त्रीले संशोधन गर्नुभयो। हाम्रो स्रोत व्यवस्थापनमा के नयाँ कुरा गर्दैछौं वा हाम्रो क्षमता वृद्धिमा के नयाँ कुरा गर्दैछौं? जसको कारण यो वर्ष म जस्तो सांसदलाई यो तथ्यमा आधारित छ, भनेर यस्तो आकारको बजेट ल्याएको छु आश्वस्थ बनाउनुहुन्छ?

२. व्यवस्थापन सम्बन्धमा छ। अर्थतन्त्र सात प्रतिशतले बढ्दै गर्दा राजस्व वृद्धि २० प्रतिशतभन्दा बढी बढ्छ भन्नुभएको छ, कसरी बढ्छ? त्यसमाथि पनि माननीय अर्थमन्त्रीले ल्याउनुभएको कार्यक्रममा आयातलाई कडाई गर्ने, २० प्रतिशतले घटाउने। यसले आयात लक्षित कर्जा साँघुरो हुँदै गर्दा, आर्थिक गतिविधि पनि साँघुरो हुँदै जान्छ। 

पेट्रोलियम पदार्थको मूल्य बढ्दै गर्दा, अन्तर्राष्ट्रिय सप्लाई चेनमा आएको अवरोधले हाम्रो मूल्य बढाउँछ। त्यसलाई नि थेग्नको निम्ति उपभोगमा आधारित हाम्रो ब्याङ्क ब्याजदरलाई नि बढाउनुपर्ने हुन्छ। यसले हाम्रो आर्थिक गतिविधिलाई संकुचित गर्छ। समग्रमा यो वर्ष राजस्वको लक्ष्य अरु वर्षभन्दा कम हुने देखिन्छ। यस्तो अवस्थामा म यति धेरै राजस्व बढाउँछु भन्दै गर्दा मलाई कसरी आश्वस्थ पार्नुहुन्छ?

वैदेशिक अनुदान अघिल्लो वर्ष ६३ अर्ब भन्यौं तर करिब–करिब २४ अर्ब आयो। यो वर्ष ५५ अर्ब आउँछ भन्दै गर्दा कसरी आश्वस्थ पार्नुहुन्छ? यो स्रोत यथार्थपरक छ भन्नलाई आश्वस्थ हुने आधार के हो?

Ncell 2
Ncell 2
nimb
nimb

३.खर्चको बारेमा यो वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड पुँजिगत खर्चको अनुमान गरिएको छ। गएको बर्ष पनि ३ खर्ब ७८ अर्ब थियो तर जेठ १५ सम्ममा जम्मा ३३ प्रतिशत खर्च भएको छ। पुँजिगत खर्च बढाउने उपायहरू हेरेँ। म संसद्मा आएदेखि यी उपायहरू नपरेको कहिले छैन। हामी त्यस्तो के नयाँ कुरा गर्छौं जस्ले अहिलेसम्म हुन नसकेको पुँजिगत खर्च बढ्छ? 

४. यो बजेट रुपान्तरणकारी भन्न मन छ। तर, रुपान्तरणकारी भन्नका लागि सामान्यतः हामीले सामान्य खर्च कति छुट्याएको छ, पुँजिगत खर्च कति छुटयाएको छ, यस्तै वित्तीय व्यवस्थापन कसरी गर्न लागिएको छ वा संघीयताको सन्दर्भमा तल पैसा कति पठाइएको छ भन्ने हेरिन्छ। गएका वर्षहरूमा त्यस्ता खर्च तथा पैसाहरूमा खासै केहि फरक थिएन। यो वर्ष मौका आउँदै गर्दा यसमा केहि परिवर्तन गर्न ध्यान पुर्याउनु भयो भएन माननीय अर्थमन्त्रीलाई मेरो यो प्रश्न छ?

५. हामीले छोटो समय मन्त्रालय चलाएको अनुभव पाएका छौं। मन्त्रालयले आफ्नो प्राथमिकता तय गरेको हुन्छ। वर्षौँ लाएर आफ्नो केहि लक्ष्यहरू निर्धारण गरेको हुन्छ। त्यसको आधारमा कार्यक्रमहरू बनाएको हुन्छ। जस्तो स्वास्थ्य बीमाको सन्दर्भमा यो सामाजिक स्वास्थ सुरक्षाको कर्यक्रम हो। वर्षौं लाएर स्वास्थ्य बीमाको अवधारणा बनायौं। यो संसद्मा मैले नै प्रस्तुत गरेको कानुन हो। त्यसमा थुप्रै कामहरू गर्न बाँकी छ। अर्थमन्त्रालयले अब बीमा कम्पनीमार्फत् बनाउने भन्यो। यो गर्नु भनेको नेपालले अहिलेसम्म ल्याएको स्वास्थ बीमाको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो। 

Xtrem
Xtrem

अर्को ठाउँमा स्थानीय पूर्वाधार विभागलाई खारेज गरेर भौतिक पूर्वाधार मन्त्रालयमा गाभ्ने भन्यौं। त्यसले भौतिक पूर्वाधार मन्त्रालयभित्रको वृत्ति विकास कत्तिको रोक्छ? यो भौतिक पूर्वाधार मन्त्रालले मागेको हो कि हैन? ऊर्जा मन्त्रालयले इलेक्ट्रिक मोभिलिटीका सन्र्दभमा महँगो गाडीको कर बढाउनु पर्छ भनेर माग गरेको हो कि अर्थमन्त्रालयले गरेको हो? मन्त्रालयहरूले ल्याएको कार्यक्रमहरू एक ठाउँ समायोजन गर्ने हो कि? अर्थमन्त्रालयले आधारभूत कुरा बदल्ने गरी कार्यक्रम राख्नु ठिक हो कि हैन?

६. राहतका लागि वा सामाजिक सुरक्षाको कोणबाट ल्याउने योजना स्वागतयोग्य छन्। तर, प्रत्येक सरकारले यसरी थप्दै गर्दा पछिल्लो पुस्ताले हामीले सिर्जना गरेको दायित्वलाई कसरी थेग्न सक्छ? दायित्वसँग आम्दानी पनि थप्ने कुरामा हाम्रो ध्यान पुग्नु पर्ने हो कि हैन?

७. पूर्ववर्ती सरकारले ल्याएको बजेट पूर्वबाट ल्यायो त्यहिँ टुंगिएको हामीले भनेका थियौं। यसपाली पूर्वका मान्छेको भनाइ के छ भने पश्चिमबाट बजेट आयो पश्चिममै सकियो भन्ने छ। शक्तिशाली व्यक्तिहरूको क्षेत्रमा प्रशस्त रूपमा बजेट जाने परम्पराभन्दा फरक के छ भन्ने आधार के हुन सक्छ?

८. कुनै पनि करको दर चलाउँदै गर्दा हामीलाई आश्वस्थ पार्नुपर्छ। एउटा पारदर्शीताको कुरा हो। अर्को त्यसको प्राप्ति के हुन्छ भन्ने थाहा हुनुपर्छ। केहि वर्षदेखि हामी के देखिरहेका छौं भने बजेट भनेको भाग्य चिठ्ठा जस्तो भएको छ। पूर्ववर्ती सरकारले चकलेट, विद्युतीय सवारीमा लाएको करमा हामीले प्रश्न उठाएका थियौं। अर्थमन्त्रालयले लिने कुनै एउटा नीतिले कुनै एउटा समूहलाई मात्र फाइदा हुने काम भयो भने पूर्ववर्ती सरकारको भन्दा फरक के भयो त?
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्