काठमाडौं। नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले संघीय राजधानी काठमाडौंलाई सरकारले सांस्कृतिक सहरका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘राजधानीका रूपमा रहेको काठमाडौं सहरलाई विकास गर्नेतर्फ त्यति बजेटले ध्यान नदिएको देखिएको छ,’ उनले भने, ‘अर्थमन्त्री ज्यूले यसमा ध्यान दिनुपर्छ भन्ने मेरो भनाइ हो।’
उनले राजधानीलाई बनाउन सरकारले ध्यान दिन नसकेको भन्दै प्रश्न गरे। ‘यहाँको सांस्कृतिक, मौलिकतालाई ध्यानमा राखेर हामीले किन काम गर्न सक्दैनौं? मोडेलका रूपमा विकास गर्नुपर्छ। पर्यटकीय सहरका रुपमा विकास गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।