काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन नरहेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, 'मैले समर्थन गर्न नसक्ने कुरा स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरा छ। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै क्याबिनटमा म ८० दिन थिएँ। त्यतिखेर पास गरेको ऐन हो यो। प्रचण्डको नेतृत्वमा गगन थापा स्वास्थ्यमन्त्री हुँदा यसमा गृहकार्य भएको थियो।'
बिमा कम्पनीलाई दिने कुरा आफूले बुझ्न नसकेको भन्दै पुनरावलोकन गर्न आग्रह गरे। उनले स्वास्थ्य बिमालाई नाफासँग जोडेर नहेर्न भन्दै थपे, 'यो युनिभर्सल कभरेजसँग जोडिएर आएको हो। नाफा र नोक्सानसँग जोडिएको होइन।'
उनले स्वास्थ्य बिमाको लाइनमिनिस्ट्री स्वास्थ्य मन्त्रालय नै रहेको बताए। स्वास्थ्य बिमा कार्यक्रम अर्थ मन्त्रालयतर्फ लिन खोजिएको भनेर बुझेको भन्दै पोखरेलले छलफल गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।